नयाँदिल्ली– कुनैवेला सत्तारुढ पार्टी बिजेपीका तीन खम्बा मानिएका अटलविहारी बाजपेयी, लालकृष्ण आडवाणी र डा. मुरलीमनोहर जोशीमध्ये सम्भवतः यसपटकको चुनावमा कोही पनि मैदानमा देखिने छैनन् ।
बिजेपीका यी तीन हस्तीको ‘तिकडी’ २००९ मा बाजपेयीको लखनऊबाट चुनाव नलड्ने फैसलासँगै टुटेको थियो । आडवाणी र जोशी भने अघिल्लो आम चुनावसम्म मैदानमै थिए ।
अहिले बाजपेयी जीवित छैनन् । आणवाणीको निर्वाचन क्षेत्र गान्धीनगरबाट बिजेपीले अर्कैलाई टिकट दिइसकेको छ । यसले संकेत गर्छ कि अब आडवाणी राजनीतिमा क्रियाशील रहनेछैनन् ।
गान्धीनगरबाट ६ पटक सांसद चुनिएका आडवाणीका ठाउँमा यसपटक बिजेपी अध्यक्ष अमित साह चुनाव लड्दै छन् ।
भारतीय मिडियामा आएका खबरका अनुसार आडवाणीपछि अब मुरलीमनोहर जोशीलाई पनि चुनावी मैदानबाट बाहिर निकालिँदै छ । उनको क्षेत्र कानपुरमा अर्कैलाई टिकट दिने पार्टीको तयारी छ ।
खबरअनुसार, बिजेपीको माउ संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) ले पार्टीमा युवा नेतृत्वलाई उकास्न यस्तो कार्ययोजना बनाएको हो । यस्तो भए, पहिलोपटक बिजेपी आफ्ना धरोहर कहलिएका तीनैजनालाई छाडेर चुनावमा उत्रनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।