सुदूरपश्चिममा ‘अछामी बड्डो’ का नामले परिचित लालबहादुर धामीले ‘बड्डाका दिन गया’ गीत बजारमा ल्याएका छन् । डडेल्धुराको परशुराम नगरपालिकाको मलास क्षेत्रमा उक्त गीत छायाङ्कन भएको हो ।
विसं २०७२ मा ‘यो अछामी बड्डो’ देउडाबाट सुदूरपश्चिममा चर्चा बटुलेका गायक धामीले गत वैशाखयता तीन वटा देउडा गीत सार्वजनिक गरिसकेका छन् । अछामी बड्डो युटुब च्यानलमार्फत सार्वजनिक गरिएको उक्तः गीत बुधबार दिउँसोयता साँढे पाँच हजारले हरिसकेका छन् । राजेन्द्र शाहको शब्द, गायकको सङ्गीतमा रहेको उक्त गीतमा गायिका देवी घर्तीले साथ दिएकी छन् ।
गायक धामी र मोडेल रोजी कुँवरले अभिनय रहेको गीतमा भीम थापाको निर्देशन र अमृत उपाध्यायले छायाङ्कन गरेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।