logo-img

चार उच्च अदालतको इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ शुभारम्भ
‘अब आफ्नै घरबाट पनि न्याय पाउन सकिन्छ’

उच्च अदालतका इजलास जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौंडा इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ (भिडियो कन्फ्रेन्स) बाट मुद्दाको सुनुवाइ सुरु भएको छ ।  

सर्वोच्च अदालतले बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच उच्च अदालतका इजलासहरू जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटौंडामा भिडियो कन्फ्रेन्सबाट मुद्दाको सुनुवाइ सुरु गरेको हो । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले देशका चार ठाउँमा उच्च अदालतका इजलासको शुभारम्भ गरे । 

कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले अब आफ्नै-आफ्नै घरबाट पनि न्याय पाउन सक्ने बताए । उनले नेपालको भू–भाग र भू–धरातलीय स्थिति हेरेर दुर्गमका जनताहरूलाई आवश्यक पर्ने न्यायको पहुँच सहज हुनका लागि यो काम गरिएको बताए । श्रेष्ठले यसभन्दा अघि सर्वोच्च अदालतले दिपायल उच्च अदालत र इलाम इजलासमा श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ गरे । 

अब मुद्दाको फछ्र्यौट चाँडै हुने, कम खर्चिलो हुने र न्यायमा पहुँच सरल हुने माध्यम बनेको बताए । प्रधानन्यायाधीश श्रेष्ठले कानुन व्यवसायीलाई पनि आफ्नै चेम्बरमा बसेर वहस गर्न सकिने फाइदा यस प्रविधिबाट हुने पनि बताए । उनले आगामी दिनमा थप अध्ययन गरी श्रव्यदृश्य संवादमार्फत मुद्दाको सुनुवाइ गर्ने अभियान विस्तार गर्ने बताए ।   

प्रधानन्यायाधीश श्रेष्ठले छिटोछरितो, सरल र सुलभ तरिकाले न्याय सम्पादन र सबैलाई न्यायमा पहुँच पुर्‍याउन सहयोग पुग्ने उद्देश्य राखेको बताए ।     





  • प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार १३:५९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया