नयाँदिल्ली– क्रिकेटको विश्वप्रतिष्ठत टी–२० लिग आइपिएल आज सुरु हुँदै छ ।
उद्घाटन समारोहविनै सुरु गर्न लागिएको लिगको पहिलो खेल आज साँझ महेन्द्रसिंह धोनीको चेन्नाई सुपर किंग्स र विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरबीच हुनेछ ।
पुलवामा हमलामा मारिएका भारतीय जवानलाई श्रद्धाञ्जली दिन भन्दै आयोजकले यसपटक उद्घाटन समारोह नराख्ने निर्णय गरेको हो ।
यो आइपिएलको १२औँ सिजन हो । ११औँ सिजनदेखि नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि खेलमा छन् । उनी श्रेयस लाएरको कप्तानीमा दिल्ली क्यापिटल्सबाट खेल्दै छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।