सरकार शक्ति केन्द्रीकरण गर्न अग्रसर, लोकतन्त्र खतरामा – रामचन्द्र पौडेल

सिन्धुली– कांगेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिस्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताएका छन् । 

नेपाल प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेल सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले यसको प्रतिवाद गरिने बताए ।  

सरकार एक वर्षको अवधिमा पूर्ण असफल भएको र ठूलो संघर्ष गरेर ल्याएको लोकतन्त्रमा समेत खतरा बन्दै गएको टिप्पणी गर्दै उनले भने, ‘ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ ।’

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको नेता पौडेलको भनाइ छ । ‘कुनै पनि समूहलाई दबाबमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ,’ उनले भने ।

सिके राउतसँगको सम्झौतातर्फ संकेत गर्दै नेता पौडेलले राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत सङ्ग्रह गर्न नसकिने बताए । नेपाली कांग्रेसले आइतबारदेखि ‘मधेस संवाद अभियान’ सञ्चालन गर्न लागेको उनले जानकारी दिए । 

कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि संस्थागत रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको उनको स्वीकारोक्ति रह्याे । आफूले अहिले पार्टी नेतृत्वभन्दा पनि पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको भन्दै उनले समय आए नेतृत्व लिन तयार रहेको बताए । 





  • प्रकाशित मिति : चैत ९, २०७५ शनिबार ११:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया