अमेरिका: आक्रमणबाट बाँचेकाेमा पछुताे भएकाे भन्दै युवतीले आत्महत्या गरिन्

एजेन्सी– अमेरिकामा एक १९ वर्षकी युवतीले आत्महत्या गरेकी छन् ।

१४ फेबु्रअरीमा फ्लोरिडाको पार्कल्यान्ड स्कुलमा पूर्वछात्रले गरेको आक्रमणमा १४ छात्रा र तीन कर्मचारीको मृत्यु भएको थियो । यो आक्रमणमा आफू बचेकोमा पश्चताप भएको भन्दै सिड्नी एलो नामकी युवतीले आत्महत्या गरेकी हुन् । 

आक्रमण भएको समयमा सिड्नी स्कुलमै थिइन् । उनका बुवाआमाका अनुसार सिड्नीलाई उक्त आक्रमणबाट आफू बाँचेकोमा पछुतो थियो । 

पार्कल्यान्ड स्कुलमा भएको आक्रमणमा सिड्नीका दुई साथीहरुको मृत्यु भएको थियो । सिड्नीलाई सर्भाइभर गिल्ट भएको थियो,जसको उपचार गरिरहेको परिवारले जनाएको छ ।

उनकी आमा कारा भन्छिन् ‘आक्रमणपछिका दिनहरुमा उनी मानसिक रुपमा कमजाेर भएकी थिइन्, कलेजमा निकै डराउने गरेकी थिइन् । ’





  • प्रकाशित मिति : चैत १०, २०७५ आइतबार ७:५१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया