यही मंसिर १२ मा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियन गुटेरेस नेपालको औपचारिक भ्रमणमा आए । चार दिने नेपाल भ्रमण गरेका उनले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वसामु चिन्ता र चासो व्यक्त गरे ।
तापमान वृद्धिका कारण संसारको अग्लो शिखर सगरमाथालगायत उच्च हिमाल पग्लँदै गएको भन्दै उनले दैनिक जीवनमा असर पारेका स्थानीय समुदायसँग गर्दै जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा स्थानीयका समस्या र सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने वाचा पनि गरेका थिए ।
सोही क्रममा महासचिव गुटेरेसले अन्नपूर्ण आधार शिविर पुगेर नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालमा भने अनुसार नै कोप–२८ गुटेरेसले नेपाल जलवायु परिवर्तनको चपेटमा परेको उल्लेख गर्दै उनले सहायता गर्नुपर्ने बताए । उनले नेपाल आफैँ कार्बन उत्सर्जन नगर्ने तर अरूले उत्सर्जन गरेको कार्बनको असर नेपालले खेपिरहेको बताए ।
कोप–२८ मा नेपालको सहभागिता, एन्टोनिया गुटेरेसको नेपाल भ्रमण र जलवायु परिवर्तनको असर लगायत विषयमा जलवायु परिवर्तन विशेषज्ञ डा. ङमीन्द्र दाहालसँग गरिएको कुराकानी :
युनाइटेड अरब ईमिरेटस्मा भइरहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनबाट नेपालले के लाभ उठाउन सक्छ ? नेपालको सहभागितालाई तपाईँ कसरी हेर्नुभएको छ ?
यो जलवायु सम्बन्धी विश्व सम्मेलन हो । यसपालिको कोप २८ सम्मेलन अरब देशले आयोजना गर्यो । तेल निर्यात गर्ने र जलवायु परिवर्तनको प्रमुख कारक रहेको युनाइटेड अरब ईमिरेटस्मा भएकोले यो सम्मेलन सान्दर्भिक छ । नेपालको सहभागीको कुरा गर्ने हो भने त्यो विश्व सम्मेलन हो, त्यहाँ जे सहमति भए पनि सामूहिक सहमति मात्रै हुन्छन् ।
नेपालले आफ्ना समस्याहरू एक्लैले उठाएर प्रभावकारी हुँदैन । विश्वभरका हिमालय देशहरूको छुट्टै एजेण्डा र सहमति अनुसारको प्रस्ताव चाहिन्छ । तर, यसो हुन सकेन । नेपालले आफ्ना एजेन्डाहरू दरिलो हिसाबले राख्न सकेको छैन । जसरी अन्य सामुन्द्रिक देशले हामी चपेटामा पर्यौँ भनेको थियो । त्यसैले नेपालको प्रभावकारिता बढेको छ । तर, यसले नतिजा ल्याउने अपेक्षा गर्न सकिँदैन ।
नेपालले जलवायु परिवर्तनको संकट खेपिरहेको अवस्थामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरेका थिए । उनले भ्रमणका क्रममा गरेको चासो र चिन्तालाई आधार मानेर हेर्दा संयुक्त राष्ट्र संघबाट नेपालले केही आस गर्न सक्छ ?
महासचिव एन्टोनिया गुटेरेसको भ्रमणले नेपालमा विश्वको ध्यान आकर्षित भएकै हो । यो भन्दा पहिले पनि नेपाल विभिन्न कारणले गर्दा आकर्षित भएको हो । तर, जब वार्ताका कुरा आउँछन् । वार्तामा आफ्नो एजेण्डामात्र उठाइएको पाइएको इतिहासले देखाउँछ । यो एक राजनीति गर्ने थलो पनि हो । त्यसैले, सहानुभूति पहिले देखि पाइरहेकै हो । केही सहयोग नै पाइहाल्छौ भन्ने आस किन गर्न सक्दैनौँ भने, उहाँले बोलेको कुराले वार्ता गर्न र एजेण्डा प्रस्तुत गर्न सजिलो होला तर जलवायु कोषबाट वित्तीय सहयोगहरू पाउन नेपालको छुट्टै प्रस्तावना चाहिन्छ । केन्द्रित तयारी गरेर अन्य तयारी नगर्दा हामी अझै धेरै जोखिममा पर्यौँ । त्यसैले धेरै आशा राखी नहालौँ ।
हिमालमा हिउँ पग्लिएर काला पहाड देखिन थालेका छन् । ऋतु नै परिवर्तन भैसकेका छन् । यस्तो अवस्था आउनुलाई जलवायु परिवर्तनको असर भन्ने कि जलवायु संकट ?
खासमा यो जलवायु परिवर्तन नै हो । तर, यो कति सघन हुँदै गएको छ भन्ने कुरा हो । नेपालको सन्दर्भमा जलवायु परिवर्तनको तीव्रता उच्च छ । जलवायु परिवर्तनका कारण जसको घरबार नै ध्वस्त भयो उसको लागि यो स्वतः संकट भई नै हाल्यो । त्यसैले नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेका सन्दर्भमा यसलाई संकट भन्न सकिन्छ ।
जलवायु परिवर्तनको असरका कारक नेपाली स्वयं कति छौँ ?
हाम्रो परम्परागत जीवनशैली, खेती प्रणाली जलवायु अनुकूलित हो । हामी नेपाली चाहिँ प्रकृत प्रेमी हौँ । नेपालमा भएको बन जंगल कार्बन उत्सर्जनका लागि नभई नवीकरणीय ऊर्जाको रूपमा लिइरहेका छौँ । तर, पछिल्लो समय विकासमा फड्को मार्दै गर्दा सही ढंगले चलाउन सकिरहेका छैनौँ । अहिलेसम्म जलवायु अनुकूलित नै छौँ । अब विकास निर्माणका कामहरू गर्दै गर्दा ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।