बमाको– मध्य मालीको पियुल समुदायको एक गाउँमा आदिवासी सिकारी समुदाय डोगोनको हमलामा ११५ जनाको ज्यान गएको छ ।
मालीको एक सैन्यसूत्रलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, हतियरसहित आएका डोगोन जातिका मिलिसियाले शनिबार ओगोसागोउ गाउँमा हमला गरी गाउँलेको हत्या गरेका हुन् ।
छिमेकी गाउँ ओउनकोरोका मेयर चेक हरौना संकारेले भने कम्तीमा ५० जनाकाे मृत्यु भएकाे बताएका छन् ।
मालीको मध्य प्लेटु क्षेत्रमा डोगोन जातिका ४ देखि ८ लाख आदिवासीको बसोवास छ । उनीहरुको आफ्नै डोगोन भाषा छ ।
डोगोन जाति अरुभन्दा बेग्लै धार्मिक परम्परा, मुखौटो नाच र काठका कलाकृतिले प्रख्यात छ । डोगोन क्षेत्र मालीको मुख्य पर्यटकीय क्षेत्रमध्ये एक हो ।
सिकारी भए पनि यो मानव सभ्यताले छुँदै नछोएको जंगली समूह भने होइन । यो एक हतियारधारी मिलिसिया समूह हो ।
गत डिसेम्बरमा ‘ह्युमन राइट्स वाच’ले मध्य र उत्तरी मालिमा मिलिसियाबाट हुने सर्वसाधारणको हत्या नियन्त्रणभन्दा बाहिर गइरहेको चेतावनी दिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।