बेलायत : ब्रेक्जिट डिल पास गर्न प्रधानमन्त्रीले पद त्याग्ने विश्वास दिलाउनुपर्ने !

लन्डन– प्रधानमन्त्री थेरेसा मेले पद त्यग्ने बाचा गरे आफूहरुले उनको ब्रेक्जिट डिललाई समर्थन दिन सक्ने विपक्षी कन्जरभेटिभ पार्टीका सांसदहरुले बताएका छन् । 

‘यदि उनी इयुसँगको ब्रेक्जिट सम्झौताको अर्को चरणसम्म पदमा नरहने हो भने हामी उनको डिलमा आलोचनात्मक समर्थन दिनेछौँ,’ सिनियर कन्जरभेटिभ सांसदहरुलाई उद्धृत गर्दै बिबिसीले बताएको छ । 

प्रधानमन्त्री मेका क्याबिनेट मन्त्रीहरुले नै उनीविरुद्ध मोर्चाबन्दी गर्न थालेका समाचार बाहिरिइरहेका बेला यस्तो खबर आएको हो । 

पछिल्लो समय प्रधानमन्त्री मे ब्रेक्जिटलाई लिएर चर्को दबाबमा छिन् । एक हप्तादेखि उनलाई सांसदहरुबाटै पद छाड्न दबाब बढिरहेको छ । 

केही दिनअघि उनले बाध्यात्मक परिस्थितिमा इयुलाई बेलायत इयुबाट अलग हुने (ब्रेक्जिट) मिति तीन महिना पछि सार्न आग्रह गर्दै पत्र लेखेकी थिइन्, र यो ढिलाइको दोष सांसदहलाई दिएकी थिइन् । त्यसयता, उनको आलोचना बढिरहेको छ । 

प्रधानमन्त्री मेले तेस्रोपटक ब्रेक्जिट डिल भोटिङका लागि संसद्मा प्रस्तुत गर्छिन् या गर्दिनन्, ठेगान छैन । किनकि, उनले यसअघि नै सांसदहरुलाई पत्राचार गरी आफूलाई पर्याप्त समर्थन रहे मात्र तेस्रो भोटिङमा जाने गर्ने बताएकी छिन् । 





  • प्रकाशित मिति : चैत १०, २०७५ आइतबार १०:२४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया