बालश्रममा लागेका रोल्पाका ८४ बालबालिकाकाे परिवारमा पुनर्मिलन

रोल्पा– बालश्रममा प्रयोग गरिएका रोल्पाका ८४ बालबालिकालाई परिवारमा पुनर्मिलन गराइएको छ । परिवारको आर्थिक अवस्था कमजोर भई काठमाडाैंका विभिन्न इँटाभट्टा, होटल–रेष्टुराँ तथा गाडीमा काम गर्दै आएका त्यस्ता बालबालिकालाई फिर्ता गरी परिवारमा पुनःस्थापना गरिएको हो । 

परिवारमा पुनःस्थापनापछि उनीहरुमध्ये अधिकांश विद्यालय भर्ना भएको पाइएको सेभ द चिल्ड्रेन रोल्पाले जानकारी दिएको छ ।  

विद्यालय जान नचाहनेका लागि भने सीपमूलक तालिम दिई समाजमै पुनःस्थापना गरिएको छ । उनीहरु फर्निचर, हेयर कटिङजस्ता काममा संलग्न उनीहरु आयआर्जन गरी जीविकोपार्जन गर्दै आएका छन् । 

बालश्रमबाट त्यसरी फिर्ता गरिएका बालबालिकाका अभिभावकलाई आयआर्जनमा सहयोग गरेको बताइएको छ । मानवअधिकार सचेतन केन्द्रको सहयोगमा उनीहरुलाई बाख्रापालन, तरकारी खेती तथा खुद्रा पसललगायतमा लगाइएकाे छ । 

जिल्लामा विभिन्न कारण विद्यालय जान नपाएका २ हजार ५०० वढी विद्यालय उमेरका बालबालिका रहेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ रोल्पाका प्रमुख दानबहादुर गुरुङले बताएका छन् । विद्यालय उमेरका यस्ता बालबालिकामध्ये अधिकांश गरिबीका कारण बालश्रममा लागेका हुन् । 





  • प्रकाशित मिति : चैत १०, २०७५ आइतबार १०:३३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया