यसपटकको ‘मेडिकल लिटेरेचर मेला’ सौराहाको थारु कल्चर हाउसमा

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबिबिएस अध्ययनरत साहित्यप्रेमी विद्यार्थीहरुको पहलमा गतवर्षदेखि सुरु भएको ‘मेडिकल लिटेरेचर मेला’को दोस्रो संस्करण चैत १५ र १६ गते चितवनमा हुँदै छ । यसपटकको मेला ‘डबली द स्पेस’को संयोजनमा सौराहाको थारु कल्चर हाउसमा हुन लागेको हो ।

स्वास्थ्य क्षेत्र र साहित्यलाई जोड्ने उद्देश्यले आयोजित मेडिकल लिटेरेचर मेलाले चिकित्सा क्षेत्र मात्र नभएर साहित्य, समाज, राजनीतिजस्ता समाजका महत्वपूर्ण पाटाहरुलाई पनि समेट्ने प्रयास गरेको आयोजकले बताएको छ ।

विश्व साहित्यमा चिकित्सकहरुको ठूलो योगदान भएजस्तै नेपाली साहित्यमा पनि चिकित्सा क्षेत्रको उपस्थिति सम्मानजनक रहेको भन्दै मेलाका सल्लाहकार समिति सदस्य डा. जीवन क्षेत्रीले यो गौरवलाई थप उचाइमा पुर्याउन प्रयत्न जारी रहने बताउँछन् ।  

क्रिएटिभ कलोजम नेपालको सहकार्य र मेडिफ्लो सोलुसन प्रालिको सहयोगमा हुन लागेको कार्यक्रममा मदन कृष्ण श्रेष्ठ, खगेन्द्र संग्रौला, डा. रामेश कोइराला, लक्ष्मण गाम्नांगे, डा. सुधा शर्मा, नयनराज पाण्डे, अमर न्यौपानेलगायतको सहभागिता रहनेछ । 





  • प्रकाशित मिति : चैत १०, २०७५ आइतबार १३:३६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया