फिल्मफेयर अवार्डमा छचल्किएको रणवीर–आलिया प्रेम

एजेन्सी– शनिबार राती मुम्बइको जियो गार्डेनमा बलिउडका लागि ठूलो उत्सव मानिने ६४ औं फिल्म फेयर अवार्ड्स सम्पन्न भयो । यसपटक उत्कृष्ट अभिनेता र अभिनेत्री रणबीर कपुर र आलिया भट्ट छानिए । आलियालाई फिल्म राजीका लागि उत्कृष्ट अभिनेत्री र रणवीरलाई फिल्म सन्जुका लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको हो । 

अवार्ड लिन स्टेजमा पुगेकी आलियाले रणबीरलाई आफ्नो जीवनको विशेष मान्छे भएको बताइन् । र, भनिन्– आइ लभ यु । जब आलियाले आइ लभ यु भनेकी थिइन्, रणवीर पूरै शर्माएका थिए । तर, पछि आफ्नो अवार्ड लिन जाँदा रणवीरले सबैभन्दा पहिले आलियालाई किस गरे । त्यसपछि उनले आफ्नी पूर्वप्रेमिका दीपिका पादुकोणसँग अँगालो मिलाए ।





  • प्रकाशित मिति : चैत १०, २०७५ आइतबार १६:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया