logo-img

एनसेल प्रकरणबारेको रिट आज हेर्न भ्याइएन

एनसेलको सेयर खरिद प्रकरणबारेको रिट आज हेर्न नभ्याइनेमा परेको छ। आजियाटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको थियो । 

शुक्रबार प्रतिनिधिसभाका सांसद अमरेश सिंहले सर्वोच्चमा रिट दायर गरेका थिए। एनसेल आजियाटाको ८० प्रतिशत सेयर हस्तान्तरण अवैधानिक रहेको जिकिर गर्दै उनले रिट दायर गरेका हुन् । 

सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

सांसद सिंहले प्रधानमन्त्री प्रचण्डपुत्री गंगा दाहालले व्यापारीसँग पैसा लिएको आरोप पनि लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले दाहालको नामै किटेर व्यापारीसँग पैसा लिएको आफूसँग प्रमाण रहेको दाबी गरेका हुन्।

उता, प्रधानमन्त्रीको सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ। केही दिनअघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ।





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार १६:५०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया