‘आठौँ राष्ट्रिय खेलकूद चैत २७ मा’

राँझा– राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको बताएका छन्। 

सचिव विष्टले खेलकूद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा उद्घाटन भई २०७६ साल वैशाख ३ गते समापन हुने जानकारी दिए । ‘चैत १५ गते बस्ने परिषद्को बोर्ड बैठकले समयबारे औपचारिकरुपमा निर्णय गरी सार्वजनिक गर्नेछ’, उनले भने । प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेसमेत उनले जानकारी दिए । 

उनले राष्ट्रिय खेलकूद प्रतियोगिता प्रत्येक दुई वर्षमा गर्न सकिन्छ भन्ने देखाउन पनि २०७५ चैतभित्रै सो प्रतियोगिता सुरु गर्न लागेको बताए । उनले भने, ‘समयमै नहुने राष्ट्रिय खेलकूद प्रतियोगिताको बेथितिमा थिति बसाल्न लागिपरेका छौँ ।’ 

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता हुने कुरामा कसैले कुनै शङ्का नगर्न उनले आग्रह गरे। प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्शालामा विशिष्ट पाहुनाका लागि चीनबाट प्यारापिट आइसकेको सचिव विष्टले बताए । 

मध्यपश्चिम खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले प्रतियोगिताका लागि पुनःनिर्माण गरिएको नेपालगञ्ज रङ्गशाला मैदान, सोही स्थानमा ६ हजार ५०० क्षमताको दर्शक प्यारापिट, नेपालगञ्जमै सुटिङ रेञ्ज, भारत्तोलन एकेडेमी भवन, कोहलपुरस्थित क्रिकेट मैदान, दाङको लमहीमा क्रिकेट मैदान, घोराहीमा बास्केटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लङटेनिस कोर्ट र कपिलवस्तुमा कुस्तीका लागि मायादेवी खेल मैदान निर्माण सम्पन्न भइसकेको जानकारी दिए। 
 





  • प्रकाशित मिति : चैत ११, २०७५ साेमबार ७:३०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया