मुलर प्रतिवेदन: 'ट्रम्पको चुनावी टिम र रुसबीच साँठगाँठ थिएन'

एजेन्सी– अमेरिकाकाे सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा प्रभाव पर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकाे चुनावी टिमकाे रुससँग साँठगाँठ नभएको अमेरिकी अनुसन्धानकर्ता रोबर्ट म्युलरले एक प्रतिवेदनमा बताएका छन् ।

यो रिपोर्टको सारांश आइतबार अमेरिकी सांसदलाई बुझाइएको थियो । विशेष वकिल मुलरले करिब दुई वर्षको अनुसन्धानपछि रिपोर्ट तयार गरेका हुन् । 

सांसदलाई बुझाइएको रिपोर्टको सारमा राष्ट्रपति ट्रम्पले न्यायिक प्रक्रियामा अवैध तरिकाले बाधा पुर्याउने प्रयास गरेका थिए कि थिएनन् भन्ने विषयमा कुनै स्पष्ट निष्कर्ष दिइएको छैन् । यसले राष्ट्रपतिलाई स्पष्ट सफाइ पनि दिएकाे छैन् । 

अमेरिकी कांग्रेसमा रिपोर्टको सारांश महान्यायाधिवक्ता विलियम बारले राखेका थिए । उनले ‘राष्ट्रपतिले न्यायमा बाधा पुर्याउने अपराध गरेको भन्ने पर्याप्त सबुत नभएको’ उल्लेख गरेका छन् । 

याे प्रतिवेदनले राष्ट्रपतिकाे कुनै गल्ति नभएकाे संकेत गरेकाे छ । प्रतिवेदन सार्वजनिक भएपछि खुशी हुँदै ट्रम्पले टि्वट गरेका छन् ‘कुनै साँठगाँठ छैन,कुनै बाधा छैन, सम्पूर्ण रुपले दाेषमुक्त ।’



महान्याधिवक्ता बारले प्रतिवेदनकाे सार प्रस्तुत गर्दै भने ‘कुनै पनि अमेरिकी नागरिक वा राष्ट्रपतिकाे चुनावी अभियानसँग जाेडिएकाे व्यक्तिकाे रुससँग कुनै साझेदारी नभएकाे मुलरले पत्ता लगाएका छन् ।’

ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले प्रतिवेदनमार्फत् राष्ट्रपतिले पूर्ण रूपमा सफाइ पाएको बताएकी छन्।



  • प्रकाशित मिति : चैत ११, २०७५ साेमबार ८:१४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया