एजेन्सी– अफ्रिकाका केही देशमा आएको आँधि तुफानबाट १० दिनमा ७५० जनाको मृत्यु भएको छ । मोजाम्बिक, जिम्बाबे र मालावी आँधिबाट बढी प्रभावित भएका छन् ।
बिजुली र सफा पिउने पानीको व्यवस्था गर्ने काम गरिरहेका छन् । स्थानीय अधिकारीका अनुसार आँधिपछि प्रभावित क्षेत्रमा हैजा–मलेरिया जस्ता महामारी फैलिन सुरु गरेको छ । यसले थप संकट निम्त्याउने आशंका गरेर त्यसतर्फ सर्तकता अपनाइएको छ ।
अहिलेसम्म आँधिबाट मोजाम्बिकमा ४४६, जिम्बाबेमा २५९ र मालावीमा ५६ भन्दा धेरै मानिसको मृत्यु भएको छ । मोजाम्बिकका पर्यावरण मन्त्री सेल्सो कोरेयाले यो प्रारम्भिक तथ्यांक भएको र मृत्यु हुने मानिसको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको बताएका छन् । जलस्तर घटेपछि अन्य शव बरामद हुनेछ र यसपछि अहिले मृत्यु हुनेको संख्या बढेर १ हजारभन्दा माथि पुग्न सक्ने मन्त्रीको अनुमान छ ।
राहतकर्मीहरु हैजा–मलेरियाबाट संक्रमित बिरामीको उपचार गर्न र रोगलाई फैलन रोक्नतर्फ लागेकाले बाढीमा फसेका मानिसको उद्धारतर्फ ध्यान दिन नसकिएको सेल्सो बताउँछन् । उनका अनुसार अझै १.१० मानिस शिविरभित्र रहेका छन् ।
हैजा–मलेरियाको संक्रमण नियन्त्रणभन्दा बाहिर पुगिसकेको छ । मोजाम्बिकको बैरा र डोंडो शहरमा पानीको व्यवस्था गरिएको छ ।
केही इलाकामा सडक व्यवस्था सुधार भएको छ । औषधि र खाद्यान्न प्रभावित व्यक्तिहरुसमक्ष पुर्याउने काम भइरहेको छ । विशेषगरी मानिसहरुको ज्यान बचाउनेतर्फ सरकार केन्द्रित रहेको मन्त्री सेल्सोको भनाइ छ ।
संयुक्त राष्ट्र संघको मानवअधिकार अभियानका डेप्युटी डायरेक्टर रोड्स स्ट्म्पाले भनेका छन् – ‘दुई ठूला फिल्ड हस्पिटल र वाटर प्युरिफिकेशन सिस्टमले निरन्तर काम गरिरहेका छन् । ड्रोनबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गरिराखिएको छ । प्रभावितसम्म सहयोग पुर्याउने कार्य जारी छ ।’
यो असाधारण प्रकोप हो । बाढीका कारण मात्र नभएर वर्षाले पनि यस्तो समस्या आएको बताइएको छ । यस्तो अवस्थामा सरकारले सबै समस्या तत्कालै निवारण गर्न नसक्ने स्ट्म्पा बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।