logo-img

पोल्याण्डको नयाँ प्रधानमन्त्रीमा डोनाल्ड टस्क

डोनाल्ड टस्कले पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् । टस्कले बुधबार बार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन् । 

उनलाई सोमबार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो ।   

मंगलबार सेज्मले टस्कको मन्त्रिपरिषद्लाई विश्वासको मत दिएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री व्लाडिस्लाव कोसिनियाक–कामिस्ज र उपप्रधानमन्त्री तथा डिजिटाइजेसन मन्त्री क्रिजिस्टोफ गावकोस्कीले पनि शपथ लिएका छन् । 

कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्नेछन् । पूर्वलोकपाल एडम बोडनारले न्याय मन्त्रालय र अभियोजकको कार्यालयको नेतृत्व गर्नेछन् ।   

६६ वर्षीय टस्कले यसअघि सन् २००७ देखि २०१४ सम्म प्रधानमन्त्री र सन् २०१४ देखि २०१९ सम्म युरोपियन काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । 





  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार १३:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया