वार्तामा आउन विप्लव समूहलाई दुईहप्ते समयसीमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई वार्ताका लागि दुई हप्ताको समय दिएका छन् ।

सोमबार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकबाट उनले शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम दिएका हुन् ।

चैतभित्र हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने प्रस्ट पार्दै ओलीले शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहसँग अझै समय रहेको बताए ।

मूलधारमा आउने मौका नछाड्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूहलाई भने, ‘नत्र चैतभित्रमा नियन्त्रणमा लिइनेछ ।’





  • प्रकाशित मिति : चैत ११, २०७५ साेमबार १५:१३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया