सेयर बजारमा सामान्य सुधार

काठमाडौं– लगातार घट्दै आएको सेयर बजार सोमबार भने सामान्य अंकले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ । 

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ । स्टकका अनुसार कुल १ सय ६९ कम्पनीको नौ लाख २९ हजार २ सय १७ कित्ता सेयर २४ करोड २६ लाख ५९ हजार ५ सय १५ मूल्यमा खरिद–बिक्री भएका छन् । 

कारोवार भएका १० उपसमूहमध्ये चार उपसमूहको सेयर घटेको छ भने ६ वटा उपसमूहको सेयर बढेको छ । जलविद्युत् १.७६, वित्त २.१४, उत्पादन २३.७९ र अन्य उपसमूह ३.९७ विन्दुले घटेका छन् । 

यस्तै, बैंकिङ ४.७३, होटल ८.५४, विकास बैंक १०.२५, निर्जीवन बिमा ४२.७५, लघुवित्त ५.८७ र जीवन बिमा ५०.३ विन्दुले बढेको छ । स्टकका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८६ प्रतिशतले कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्स ३.२५, रिडी हाइड्रो पावर ३.२३, आरम्भ लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.२२ प्रतिशतले कमाएका छन् । 

यस्तै, युनिभर्सल पावर कम्पनीका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् । शिवम् सिमेन्ट ९.८०, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९२, ग्लोबल आइएमई समुन्नत स्किम एकका सेयरधनीले ३.८९ प्रतिशतले गुमाएका छन् । 

कारोबारका आधारमा मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर दुई करोड आठ लाख, नागरिक लगानी कोषको एक करोड १२ लाख २९ हजार ८२, नेपाल क्रेडिट एन्ड कमर्सियल बैंक ८८ लाख ६४ हजार ४ सय ९८, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ८४ लाख ३६ हजार २५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८२ लाख ८२ हजार ७ सय ५६ कारोबार भई शीर्ष स्थानमा रहेका छन् । 
 





  • प्रकाशित मिति : चैत ११, २०७५ साेमबार १६:४९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया