एजेन्सी– ऋणको जालोमा फँसोको जेट एयरवेजका चेयरमेन नरेश गोयल र उनकी पत्नी अनिता गोयलले सोमबार बोर्ड सदस्यताबाट राजीनामा दिएका छन् । गोयलले कम्पनीको चेयरमेनको पदबाट पनि राजीनामा दिएका हुन् । यसभन्दा पहिले उनले राजीनामा दिने संकेत गरेका थिए ।
अहिले जेट एयरवेजमा देखिएको संकटका विषयमा गोयलले त्यहाँका कर्मचारीहरुलाई एउटा भावुक पत्र पनि लेखेका छन् । पत्रमा उनले आफू जुनसुकै बलिदानी दिन पनि तयार भएको उल्लेख गरेका छन् ।
लामो समयदेखि जेट एयरवेज वित्तिय संकटसँग जुधिरहेको छ । जुन कम्पनीले जेट एयरवेजलाई विमान लिजमा दिएका थिए, उनीहरुले अब विमान दिन रोकेका छन् । लामो समय देखि त्यहाँका कर्मचारीहरुले तलब पनि पाएका थिएनन् ।
जेट एयरवेजले अहिले २६ बैंकबाट ऋण लिएको छ । यीमध्ये केही प्राइभेट र विदेशी बैंक भएको भारतीय मिडियाले लेखेका छन् । एयरलाइन्सको करिब ८ हजार करोड भारतीय रुपैयाँ ऋण भएको भारतीय मिडियामा उल्लेख छ । जेट एयरलाइन्सका पाइलटहरुले यसअघि नै ३१ मार्चसम्म आफूहरुले पाउनु पर्ने तलब नपाए सम्पूर्ण उडानहरु बन्द गर्ने अल्टिमेटम दिइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।