किन परे नेपाली युवा जापानको नजरमा ?

काठमाडौं– सोमबार नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने उद्देश्यका साथ  श्रम सम्झौता भयो । यो सम्झौता अब १ अप्रिलदेखि लागु हुने छ । 

जापानले यस्तो सम्झौता नौ देशसँग मात्र गर्ने उल्लेख गरेको छ । ती नौ देशमध्ये दक्षिण एशियामा नेपाल मात्र जापानले छानेको देश हो । 

आखिर किन जापानले नेपाली युवालाई पहिलो प्राथमिकतामा राख्यो त ?

सोमबार आयोजित कार्यक्रममा राजदूत साईगोले दक्षिण एशियामा कुनै पनि देश पहिले जापानको रोजाइमा नपरेको तर पछि एउटा देश त रोज्नै पर्छ भनेर नेपाल रोजेको बताए । 
उनले थपेका थिए, ‘नेपाल र जापानका व्यक्तिव्यक्ति तथा देशदेशबीच पनि सम्बन्ध निकै प्रगाढ छ, त्यसैले जापान नेपालप्रति सकारात्मक भएको हो ।’

यतिमात्र होइन, जापानमा रहेका नेपालीहरुले व्यवहार पनि अत्यन्त राम्रो भएकाले र जापानीहरुसँग उनीहरुको मन मिल्ने भएकाले नेपाल जापानको नजरमा परेको उनले बताए । 

जापानले नेपाललगायत ९ देशबाट पाँच वर्षमा ३ लाख चार हजार श्रमिक लैजाने बताएको छ । तर, यो संख्या जापानी रोजगारदाताको मागमा पनि भर पर्ने राजदूतले बताए । 
 





  • प्रकाशित मिति : चैत ११, २०७५ साेमबार २०:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया