logo-img

प्रधानमन्त्री कप : मधेश प्रदेशविरुद्ध बागमतीको सानदार जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बिहीबार भएको खेलमा मधेश प्रदेशलाई २८ रनले हराउँदै बागमतीले विजयी सुरुवात गरेको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको मधेश प्रदेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो ।

उसका लागि पूजा महतोले ३५ र अनुराधा चौधरीले २१ रन बनाए । बाँकी ब्याटरले भने सम्झनलायक प्रदर्शन गर्न सकेनन् । बागमती प्रदेशका लागि अस्मिना कर्माचार्यले दुई र मनिषा उपाध्यायले एक विकेट लिए ।  

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन बनायो । उसका लागि यशोदा विष्टले अविजित ४७ रन बनाइन् ।



उनले ३९ बलको सामना गर्दा ६  चौका हिर्काइन् । कप्तान अस्मिना कर्माचार्यले ३० रनको योगदान दिइन् । ओपनर हेलिसा गुरुङ १२ र कञ्चन श्रेष्ठ आठ रनमा आउट भए ।

मधेश प्रदेशका लागि पूजा महतोले दुई र कविता गौतमले एक विकेट लिए । प्रधानमन्त्री कपमै आज भएको अर्को खेलमा नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हरो । 

प्रतियोगितामा सातवटै प्रदेशको टोलीका अतिरिक्त एपिएफ क्लबको पनि सहभागिता रहेको छ । 



  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया