युक्रेनी राजधानी कीएभ तथा देशका अन्य स्थानहरूमा रूसी सेनाले बिहीबार रातभरि हवाई आक्रमण तथा दर्जनौं इरानी प्रविधि प्रयोग गरिएका ड्रोनहरू खसालेको युक्रेनले जनाएको छ ।
रुसी सेनाले तीन तिरबाट विभिन्न प्रकारका हवाइ अस्त्रद्वारा आक्रमण गरी कब्जा गरिएको बताइएको छ । युक्रेनमा पछिल्लो समय दिनहु जस्तो ड्रोन आक्रमण भएका छन् ।
कीभले आफ्नो युरोपेली र अमेरिकी सहयोगीहरूबाट प्राप्त हतियारहरूसहित आफ्नो वायु रक्षा प्रणालीलाई बलियो बनाएको छ ।
पछिल्लो समय मस्कोले रातिको समयमा आक्रमणलाई तीव्र पारेको छ । युक्रेनले रुसको आक्रमणको सामना गर्नका लागि आफ्ना सहयोगीहरूलाई थप हवाई रक्षा प्रणाली उपलब्ध गराउन आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।