पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लोकतन्त्रमा बोल्न पाइने बताएका छन् । बुधबारको क्रिश्चियन धर्मावलम्बीकाे कार्यक्रममा उनले दिएकाे अभिव्यक्ति विवादित बनेपछि उनले स्पष्टीकरणा दिएका हुन् ।
'मैले बोलेको के हो भने संविधानको भावना अनुसार हामी चल्नुपर्छ, हाम्रो सांस्कृतिक धार्मिक सहिष्णुता भड्काउने कोसिस कसैले पनि गर्नु हुँदैन । धर्म निरपेक्ष राष्ट्रमा सबै धर्महरू फूलबारीमा फूलेको फूल जस्तै हुनुपर्छ भनेर भनेको हो,' उनले भने, 'जसले यो मान्दैन, त्यो देशद्रोही हो भनेर भनेको हो, लोकतन्त्रमा बोल्न पाइन्छ ।'
यही संविधानमा आधारित निर्वाचन नै लडेर जितेर आएको साथीहरुले संविधानलाई नै केन्द्रमा राख्नुपर्उनले बताए । 'यो प्रश्न पनि गैरजिम्मेवारीपूर्ण प्रश्न हो । यो नैतिकताको मात्रै प्रश्न होइन, यो सिद्धान्तको प्रश्न हो । यस्तो प्रश्नहरू यही संविधान स्वीकार गरेर आएका मान्छेहरुले गर्नु स्वाभाविक हुँदैन जस्तो लाग्छ ।’
काठमाडौंमा बुधबार आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० कार्यक्रममा उनले भनेका थिए, ‘क्रिश्चियन नमान्नु भनेको संविधान नमान्नु हो । संविधान नमान्नेलाई हतकडी लगाउनुपर्छ ।’
२०७८ को जनगणनामा १० वटा धर्म थपिएको र तीन करोड जनसंख्यामा लाखौँको संख्यामा क्रिश्चियन बनेको उनको दाबी थियाे उनकाे साे भनाइलाई लिएर उनकाे चर्काे आलोचना भएकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।