पन्जाबले राजस्थानलाई पहिलो पटक उसकै मैदानमा हरायो

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार सवाई मान सिंह स्टेडियममा सोमबार भएको किंग्स इलेभेन पन्जाब र राजस्थान रोयल्सबीचको खेलमा पन्जाबले १४ रनले खेल जितेको छ । यो पन्जाबले राजस्थानलाई उसकै मैदानमा जितेको पहिलो पटक हो । यसअघि उसले यो मैदानमा खेलेका पाँचै खेल हारेको थियो । 

पन्जाबले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको राजस्थानको टिमले २० ओभरमा नौ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सक्यो । 

राजस्थानका लागि बटलरले सर्वाधिक ६९ रन बनाए । उनले पहिलो विकेटका लागि कप्तान रहाणेसँग ७८ रनको साझेदारी गरे । रहाणे २७ रन बनाएर आउट भए । सन्जु स्यामसन ३० रन, स्टिभ स्मिथ १९ रन, बेन स्टोक्स ६ रन तथा राहुल त्रिपाठी एक रनमा समेटिए ।

पहिलो इनिङमा ब्याटिङमा उत्रिएको पन्जाबका लागि क्रिस गेलले सबैभन्दा धेरै ७९ रन योगदान गरे । उनले आठ चौका र चार छक्काको सहयोगमा यो योगफल तयार पारेका हुन् । पन्जाबका लागि सरफराज खानले ४६ रन बनाए । 

यो खेलबाट नै क्रिस गेलले आइपिएलमा चार हजार रन पूरा गरे । उनले ४ हजार रन बनाउन ११२ वटा खेल खेले । उनले सनराइजर्सका डेभिड वार्नरको रेकर्ड पनि तोडे । वार्नरले ११४ इनिङ खेल्दै ४ हजार रन बनाएका थिए । 

सोमबारको खेलमा राजस्थानको सुरुवात खासै राम्रो हुनसकेन । केएल राहुल ४ रन, मयंक अग्रवाद २२ रन बनाएर पेभेलियन फर्किएका थिए ।





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार ०:९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया