किन जालीले ढाकिएका छन् यी रुखहरु ?

एजेन्सी– अहिले बसन्त ऋतुको समय छ । यतिबेला फूलहरु फुल्न थाल्छन्, चहकिलाे घाम दिनभर लागिरहन्छ, चराचुरुङगीहरु गुँडभित्र सुस्ताउँछन्। तर  बेलायतका धेरै रुखहरु जालीले ढाकिएकाे छ । चराहरुले गुँड बनाउन नसकुन् भनेर जालीले ढाकिएकाे हाे । 

चराचुरुङगीकाे संरक्षणका लागि काम गर्ने संस्था ‘द रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बर्डस’ (आरएसपिबी) का अनुसार घाँसपात सफा गर्न सजिलो होस भनेर रुख र बुट्यानलाई जालीले ढाकिएको हो । 

सफागर्ने क्रममा चराले बनाएका गुँडहरु फालिन्छन्, उनीहरुलाई गुँड बनाउन रोकिन्छ, यसले चराहरुलाई प्रभाव पार्छ । यसकारण पनि सफा गर्न सजिलो होस भनेर गुँड बनाइएको हो । तर रुखमा जाली लगाउने विषयमा कुनै कानुनी प्रावधान छैन् । 

बेलायतको गिलफोर्ड, वारविसायर, ग्लोचेस्टर, डार्लिंगटनजस्ता विभिन्न ठाउँका रुखहरुमा जाली लगाइएको छ । 

धेरै बेलायतीहरुले यसको विरोध गरेका छन् । पर्यावरणविद क्रिस पेकहमले यसलाई ‘भयावह’ र ‘संरक्षणको विरुद्ध’ भएको आरोप लगाएका छन् । 



डार्लिंगटनका मानिसहरुले सडक किनाराका साना बोटविरुवामा हरियो रिबन बाँधेर यसको विरोध जनाएका छन् । यस्तै टेस्को नामको एक कम्पनीले नार्विचको एक पसलनजिक लगाइएको जाली निकालदिएकाे छ । 



आरएसपिबीका अनुसार ५० वर्षको अवधिमा बेलायतमा ४ करोड चराचुरुङगीको संख्या घटेको छ । 

नाटिंघमशायर वाइल्डलाइफ ट्रस्टका अनुसार जब शहरमा धेरै घरहरु निर्माण हुन थाले त्यसपछि यस्ता तरिकाहरु प्रचलनमा आएका हुन् ।

बिल्डरका प्रतिनिधि समूह होम बिल्डर्स एसोसिएशनले यस विषयमा सल्लाहाकारसँग कुरा गरेका थिए । जसमा होम बिल्डर्स फेडेरेशनका अंड्र व्हिटेकरले पर्यावरणीय सुरक्षाका लागि स्थानीय प्रशासनसँग कुरा गरेर जाली लगाइएको हो र आवश्यक भए नयाँ रुख पनि रोपिने बताए । 

रुखमा चराले गुँड नबनाउन भनेर जाली ढाकिएपछि यसको विरोध गरिएको छ । बेलायती संसदको वेभसाइटमा राखिएकाे एक उजुरीमाथि ४८ हजार हस्ताक्षर गरिएको छ, यसमा १० हजार हस्ताक्षर भएपछि सरकारले यस उजुरीलाई हेर्न सक्छ । 

यसको विरोधमा ट्विटरमा ह्यासट्याग नेस्टिङ नट नेट्स अभियान सुरु गरिएको छ । 

रुखलाई जालीले ढाक्नु गैरकानुनी नभएपनि यसबाट चराचुरुङगीको प्रजनन प्रभावित हुने वुडलाइफ ट्रस्टका ज्याक टेलर बताउँछन् । 
 

  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार ८:२६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया