रोजर फेडेरर मियामी ओपनको चौँथो राउन्डमा

फ्लोरिडा– विश्व वरीयतामा पाँचौँ स्थानका रोजर फेडेरर १०३औँ स्थानका फिलिप क्राजिनोभिकलाई सोझो सेटमा हराउँदै मियामी ओपन टेनिसको चौँथो राउन्डमा प्रवेश गरेका छन् । 

मियामीमा चौँथो उपाधिका लागि भिडिरहेका स्विस खेलाडी फेडेररले सर्वियाका क्राजिनोभिकलार्य ७–५ ६–३ को सेटमा सहजै हराए । 

अर्को राउन्डमा फेडेररले अमेरिकाका रेली ओपेल्का या रसियाका डेनिल मेडभेदिभलाई भेट्नेछन् । 

२० पटक ग्रान्डस्लाम जितेका फेडेरर तीनपटक मियामी ओपनको च्यम्पियन बनेका छन् । 





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार ८:३३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया