Wed, 26 Jun, 2019


दक्षिणकालीबाट रत्नपार्क आउँदै गरेकाे बस दुर्घटना
फरकधार / चैत १२, २०७५

काठमाडाैं– काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस मंगलबार बिहान दुर्घटनामा परेको छ ।



 बिहान ६ः३० बजे चाल्नाखेल नजिकै घुम्तीमा पल्टिँदा २५ घाइते भएका छन् । जसमध्ये ३ को अवस्था गम्भीर छ । प्रहरीका अनुसार घाइतेहरुकाे उपचारका लागि वयाेधा र मनमाेहन अस्पताल पठाइएकाे छ । 

दुर्घटनाको कारण नखुलेको र चालक फरार रहेको प्रहरीले जानकारी दिएकाे छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्