जर्ज बुसको रेकर्ड तोड्दै सबैभन्दा धेरै बाँच्ने अमेरिकी राष्ट्रपति बने जिम्मी कार्टर

एजेन्सी– अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टर सबैभन्दा लामो समयसम्म बाँच्ने अमेरिकी राष्ट्रपति बनेका छन् । कार्टरले ९४ वर्ष १७२ दिनको उमेरसँगै उनले पूर्व राष्ट्रपति जर्ज एच डब्ल्यु बुसको रेकर्ड तोडेका छन् । 

अमेरिकाको ४१ औं राष्ट्रपति बुसको नोभेम्बर ३० मा ९४ वर्ष, १७१ दिनको उमेरमा निधन भएको थियो । 

कार्टरको जन्म १ अक्टुबर १९२४ मा भएको थियो । उनी १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९ औं राष्ट्रपति बनेका थिए । कार्टर सेन्टरको माध्यमबाट गरेको कामका लागि उनलाई २००२ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । 
 





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार ९:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया