एजेन्सी– बलिउड अभिनेत्री दीपिका पादुकोणलाई फिल्म छपाकमा गरेको अभिनयका लागि चर्को प्रशंसा मिलेको छ । सोमबार उनको फिल्म छपाकको फस्र्ट लुक सार्वजनिक भएको थियो ।
पोस्टर सार्वजनिक भएलगत्तै यसलाई सामाजिक सन्जाल प्रयोगकर्ताले निकै मन पराएका छन् । ट्विटमा छपाक दोस्रो नम्बरमा ट्रेन्डिङमा पुगेको कुरालाई भारतीय मिडियाले लेखेका छन् ।
सामाजिक सन्जालमा अधिकांशले फिल्ममा दीपिकाको अभिनय बहुतै मन परेको बताएका छन् । यस्तो फिल्म बनाएकोमा कतिपयले निर्देशिका मेघना गुलजारलाई पनि बधाई दिएका छन् ।
यो फिल्म एसिड एट्याक पीडित महिलाको जीवनमा आधारित फिल्म हो । फिल्ममा दीपिका एसिड आक्रमणमा पीडित महिला मालतीको भूमिकामा छिन् । कतिपयले त दीपिकाको यो भूमिकाका लागि सामाजिक सन्जालमा उनलाई सलामसमेत गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।