रानी मुखर्जीले सुरु गरिन् मर्दानीको सुटिङ

एजेन्सी– बलिउड अभिनेत्री रानी मुखर्जीले फिल्म हिचकीबाट गत वर्ष बलिउडमा कमब्याक गरिन् । यो फिल्ममा उनले निर्वाह गरेको शिक्षिकाको भूमिकालाई धेरैले प्रशंसा गरेका थिए । अब रानीले अर्को फिल्मको पनि काम सुरु गरेकी छिन्– मर्दानी २ । यो फिल्म मर्दानीको सिक्वेल हो, २०१४ मा आएको मर्दानी एउटा निडर प्रहरी अफिसरको जीवनमाथि आधारित छ ।

पहिले यो फिल्ममा पनि रानीले गरेको अभिनयलाई निकै प्रशंसा गरिएको थियो । अब बन्न लागेको दोस्रो सिक्वेल यो वर्षको अन्त्यसम्ममा रिलिज हुने बताइएको छ । २३ मार्चमा सुरु भएको मर्दानी २ को सुटिङबाट रानी कति उत्साहित भएकी छिन् भने उनले यसबारे सामाजिक सन्जाल इन्स्टाग्राममा तस्वीरहरु सेयर गरेकी छिन् । 





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १०:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया