किन भाइरल भइरहेछन् बुरुन्डियन राष्ट्रपतिका बिगारिएका अनुहार ?

काठमाडौं– बुरुन्डीका राष्ट्रपति पिएरे निकुरुन्जिजाका अनुहार बिगारिएका तस्बिर यातिखेर ट्विटरमा भाइरल भइरहेका छन् । 

राष्ट्रपतिको अनुहार बिगारेको अभियोगमा पक्राउ गरी हिरासतमा राखिएका ३ स्कुले बालिकाको रिहाइको माग गर्दै ट्विटर प्रयोगकर्ताले राष्ट्रपतिका विभिन्न रुपमा विकृत तस्बिरहरु भाइरल गराएका हुन् ।

यी तस्बिर #FreeOurGirls (हाम्रा नानीहरुलाई रिहा गर) ह्यासट्गमा सेयर भइरहेका छन् । 

ती स्कुले छात्राले आफ्नो पाठ्यपुस्तकमा छापिएको राष्ट्रपति निकुरुन्जिजाको तस्बिरमा अनुहार बिगारेका थिए । दुई साताअघि प्रहरीले उनीहरुसहित अन्य ४ छात्र–छात्रालाई पक्राउ गरेको थियो ।

गतसाता चारजनालाई रिहा गरियो र तीन छात्रामाथि ‘हेड अफ स्टेट’को अपमान गरेको अभियोगमा मुद्दा चलाइयो । अदालतले दोषी ठहर गरे उनीहरुलाई ५ वर्षसम्मको कैद सजाय हुनसक्छ । 



यी छात्रा १५, १६ र १७ वर्षका छन् । 

हिरासतमा रहेकामध्ये एक छात्राका पिताले ह्युमन राइट वाचलाई उनीहरु खाना खानसमेत डराइरहेका बताएका छन् । 



ह्युमन राइट वाचले सरकारलाई छात्राहरुलाई रिहा गर्न र सुरक्षा बलका दुर्व्यवहार रोक्न आग्रह गरेको छ । 

बुरुन्डीका अधिकारीमाथि मानवअधिकार हननका आरोपहरु बारम्बार लाग्ने गरेका छन् । 

सन् २०१६ मा यस्तै मुद्दामा थुप्रै स्कुले बालबालिकालाई जोल हालिएको थियो । सयौँ छात्र–छात्रालाई पाठ्यपुस्तकमा रहेको तस्बिरमा राष्ट्रपतिको अनुहार बिग्रिने गरी केरेको भन्दै विद्यालयबाट निस्कासन गरिएको थियो ।  

छात्राहरुको समर्थनमा भाइरल भइरहेका केही तस्बिरहरु:

  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १०:३३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया