टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ६६ प्रतिशत भू–भाग र ७१ प्रतिशत जनसंख्या भूकम्पको जोखिममा रहेको बताएका छन् । उनले विपद्पूर्व तयारी देशको लागि अहिले महत्वपूर्ण रहेको बताए ।
राष्ट्रपति एर्दोगानले भौगोलिकरूपमा भूकम्पको सामना बढी गर्नुपर्ने देश भएकले विपद्पूर्वको तयारीमा जोड दिन आवश्यक रहेको बताए ।
गत फेब्रुअरीमा देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प जाँदा ५० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । राष्ट्रपति एर्दोगानले टर्कीको प्राथमिक कार्य शहरी रूपान्तरण परियोजना हुने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।