पेरिसमा चिनियाँ राष्ट्रपति : चीन र फ्रान्सबीच ४० खर्बको व्यापार सम्झौता

पेरिस– चिनियाँ राष्ट्रपति सी जिन पिङको फ्रान्स भ्रमणका दौरान चीन र फ्रान्सबीच कुल ४० खर्ब रुपैयाँ बराबरको १५ वटा व्यापार सम्झौता भएका छन् ।

सम्झौताअनुसार, चीनले ३७ खर्ब ३६ अर्ब रुपैयाँमा फ्रेन्च कम्पनी एयरबसका ३ सयवटा जहाज किन्नेछ । यसमा २९० वटा ए ३२० सिरिजका न्यारोबडी जहाज र १० वटा ए ३५० वाइड बडी जहाज पर्छन् ।

केहीदिनअघि १५७ जनाको ज्यान गएको इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनापछि चीनले बोइङ ७३७ मोडलका सबै जहाज ‘ग्राउन्डेड’ गरेको छ । यी जहाजको ठाउँमा उडान भर्न चीनले फ्रेन्च जहाज किन्न लागेको हो ।

विकासशील देशहरुमा ऊर्जाको किफायती खपतका क्षेत्रमा सहकार्य, १० वटा कन्टेनर निर्माणलगायत २ खर्ब ७४ अर्बका अन्य परियोजनामा यी दुई देशले सम्झौता गरेका छन् । यसै दौरान, फ्रान्सेली कुखुराको मासुलाई चीनमा लाग्दै आएको कर पनि हटाउने सहमति भएको छ ।





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १०:५६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया