मेक्सिको सीमामा पर्खाल बनाउन पेन्टागनले दियो १ अर्ब डलर

अमेरिका– अमेरिकाको रक्षा केन्द्र पेन्टागनले अमेरिका–मेक्सिको सीमामा पर्खाल बनाउने डोनाल्ड ट्रम्पको महत्वकांक्षी परियोजनाका लागि एक अरब डलर स्वीकृत गरेको छ ।

पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहनले अमेरिकाको रक्षा विभागले अमेरिका–मेक्सिको सीमामा ९२ किलोमिटरसम्म १८ फिट अग्लो पर्खाल बनाउन, सडक निर्माण, मर्मतसम्भार गर्न र सीमामा लाइटिंग सिस्टम राख्न आर्थिक सहयोग गर्ने बताएका थिए ।  

शनाहनका अनुसार अमेरिकी सेनाका इन्जिनियरका कमान्डरलाई एक अरब डलरको रकम सम्बन्धित विभागलाई दिन अधिकार दिएका छन् । 

उनले संघीय कानुनअनुसार नै यो सहयोग गरेको भन्दै पेन्टागनको निर्णयको बचाउ गरेका छन् । 

शनाहनले भन्छन् ‘संघीय कानुनले अन्तर्राष्ट्रिय सीमाबाट हुने नशालु पदार्थको तस्करी रोक्न कानुनी एजेन्सीको सहयोग गरेर सडक निर्माण गर्न रक्षा मन्त्रालयलाई यो अधिकार दिन्छ ।’ शनाहनको यो भनाइ पेन्टागनको निर्णय अमेरिकी संसदमा पेश हुनुभन्दा केही घन्टा अगाडि आएको हो । 





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार ११:५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया