जर्मनी उडेको ब्रिटिश एयरवेजको फ्लाइट गल्तीले स्कटल्यान्ड पुग्यो

लन्डन– ब्रिटिश एयरवेजको फ्लाइटले लन्डन सिटी एयरपोर्टबाट जर्मनीको डसेलडर्फ एयरपोर्टका लागि उडान भरेको थियो । तर गल्तीले फ्लाइट १२०० किलोमिटर टाढा स्कटल्यान्डको राजधानी एडिनबर्ग पुग्यो । 

बेलायती अधिकारीका अनुसार कागजी कारबाहीमा भएको गल्तीका कारण यो घटना भएको हो । यात्रुहरुले एयरपोर्टमा ‘वेलकम टु एडिनबर्ग’ लेखेको देखेपछि मात्रै आफूहरु स्कटल्यान्ड पुगेकाे थाहा पाएका थिए । 

जर्मनीकाे फर्म डब्ल्युडिएले एक सम्झाैता गरेर ब्रिटिश एयरवेजकाे फ्लाइट सञ्चालन गर्छ । एयरवेजले यात्रुसँग माफी मागेकाे छ । 

पाइलट कुनै भ्रममा नपरेकाे र एडिनबर्गकाे कागजी कारबाहीमा भएकाे गल्तीका कारण एयर ट्राफिक कंट्रोलले फ्लाइटलाई एडिनबर्गकाे रुट परमिट दिएकाे ब्रिटिश एयरवेजले बताएकाे छ । 

लन्डनबाट डसेलडर्फका लागि उडेका २४ वर्षीय म्यानेजमेन्ट सल्लाहाकार साेफी कुकले भने ‘जब पाइलटले एडिनबर्ग उत्रिन भने, हामीलाई उनले मजाक गरेकाे जस्ताे लाग्याे । मैले क्याबिन क्रुसँग पनि साेधेँ  तपाई मजाक गर्दै हुनुहुन्छ ।’

आफूलाई यस्ताे कसरी भयाे भन्ने बारे कुनै आइडिया नभएकाे पाइलट बताउँछन्, यस्ताे पहिला कहिल्यै भएकाे थिएन् । 





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १२:५८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया