मानव शरीरको महत्त्वपूर्ण अंग हो, कलेजो । कलेजो मानव शरीरको पाचन प्रणालीअन्तर्गतको एक अंग हो । यो पेटको माथिल्लो भागमा दाहिनेपट्टि रहेको हुन्छ । यसको आकार तथा तौलका हिसाबले यो मानव शरीरको सबैभन्दा ठूलो ठोस अंग हो ।
कलेजोका कोषिकालाई हेपाटोसाइट्स भनिन्छ । कलेजोलाई पाचन प्रणालीअन्तर्गतको अंग भनिए तापनि यसले शरीरका अन्य प्रणालीसँग सम्बन्धित अरू थुप्रै कार्य पनि गरिरहन्छ । कलेजो हाम्रो शरीरको फिल्टर हो ।
हामीले जे खानेकुरा खान्छौँ, त्यो हाम्रो आन्द्रामा जान्छ । आन्द्राबाट रगतको नलीले शरीरलाई आवश्यक पर्ने तत्त्वहरूलाई लिन्छ । रगतको नलीले लिएको ती तत्त्वलाई कलेजोले फिल्टर गर्ने काम गर्छ । तत्त्वमा विकार पदार्थलाई फाल्छ, सुधार्न मिल्ने तत्त्वलाई सुधार्ने काम गर्छ । शरीरको महत्त्वपूर्ण अंगमा कसैले ध्यान दिएको देखिँदैन । तर, कलेजोको ध्यान राख्न एकदमै जरुरी रहेको छ ।
यस्ता छन् कलेजो रोग विशेषज्ञ डा. रोशन घिमिरेले दिएका सुझाव
(कलेजो रोग विशेषज्ञ डा. रोशन काठमाडौं मेडिकल कलेजमा कार्यरत छन् ।)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।