निर्मला पन्तका हत्यारालाई प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको आरोप

बुटवल– प्रधानमन्त्री र गृहमन्त्रीले निर्मला पन्तका हत्यारालाई लुकाएको नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री डा. डिला संग्रौलाले आरोप लगाएकी छन् । बालुवाटार र सिहंदरबारभित्रैबाट अपराधीको संरक्षण गरिएकाले प्रहरीले पन्तका हत्यारालाइ पक्राउ गर्न नसकेको संग्रौलाको दाबी छ ।

शान्ति, सुशासन र समृद्धिको मुद्दामा सरकार पूर्ण रुपमा असफल भएको दाबी गर्दै उनले वर्तमान सरकार नालायक र भ्रष्ट भएको बताइन् । प्रधानमन्त्रीले ठूला परियोजना सञ्चालन गर्न खोज्नुमा भ्रष्टाचारको गन्ध मिसिएको भन्दै उनले राष्ट्रिय सुरक्षा परिषदसम्बधी विधेयकमार्फत सरकारले संविधान उल्लघंन गर्न खोजेको बताइन् । भ्रष्टाचारले प्रधानमन्त्री तथा मन्त्री मोटाउँदै गएको, तर जनता दुब्लाउँदै गएको संग्रौलाको आरोप छ । 

सिके राउत र प्रधानमन्त्री ओली एकै सिक्काका दुई पाटाजस्तो भएको दाबी गर्दै उनले विप्लव नेकपालाई प्रतिबन्ध लगाएर सरकारले मुठभेड निम्त्याएको आरोप पनि लगाइन् ।





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १५:३९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया