काठमाडौ– राष्ट्रिय प्रजातन्त्र पार्टीमा १९ जना पदाधिकारी मनोनीत भएका छन् । मंगलबार पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले दुई वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, दुई महामन्त्री, ६ सहमहामन्त्री र दुई सहायक महामन्त्री र तीनजना प्रवक्ता मनोनयन गरेका हुन् ।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार मनोनीत हुने दुई वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली छन् । त्यसैगरी, प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरणबहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठ उपाध्यक्षमा मनोनीत भएका छन् ।
राजेन्द्र लिङ्देन र डा. धवलशमशेर जबरालाई महामन्त्रीमा मनोनयन गरिएको छ । लिङदेन प्रतिनिधिसभाका सांसद हुन् भने जवरा नेपालगन्ज उपमहानगरपालिकाका मेयर हुन् ।
त्यसैगरी, चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दीपकबहादुर सिंह, भक्तिप्रसाद सिटौला, अर्जुन राई र भरत रायमाझी सह–महामन्त्रीमा मनोनीत भएका छन् । सहायक महामन्त्रीमा लीलादेवी श्रेष्ठ र मदनबहादुर कार्की नियुक्त भएका छन् भने सुशील श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्ले तीनजनालाई प्रवक्ता बनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।