Wed, 26 Jun, 2019


चिठ्ठामा पाएको एक किलो सुन बेचेर एम्बुलेन्स
फरकधार / चैत १२, २०७५

पोखरा– पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बम्पर पुरस्कारबापत प्राप्त एक किलो सुनबाट एम्बुलेन्स खरिद गर्ने भएको छ । 



समितिको वीरगञ्ज शाखा कार्यालयलाई कान्तिपुर पब्लिकेसन्स प्रालिको ‘कान्तिपुरको स्वर्णपुर २’ ग्राहक योजनामा बम्पर पुरस्कारअन्तर्गत एक किलो सुन प्राप्त भएको थियो । 

उक्त सुनको रकमबाट समितिले एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको समितिका अध्यक्ष एनकुमार साईले जानकारी दिए । उनका अनुसार आगामी नयाँ वर्ष २०७६ भित्र एम्बुलेन्स सञ्चालनमा ल्याइनेछ । 

समितिले देशका विभिन्न स्थानमा एक हजार ३ सय ७८ बसमार्फत यातायात सेवा दिँदै आएको छ । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्