करेला र करेलाकाे जुसकाे फाइदा

एजेन्सी— करेलामा कयौँ गुणकारी तत्व हुन्छन् । यसमा आइरन, म्याग्नेसियम, पोटासियम तथा भिटामिनजस्ता पोषक तत्व हुन्छन् । करेला फाइबरयुक्त हुने भएकाले हाम्रो पेटलाई भरेर राख्न वा पाचन प्रक्रियालाई चुस्तदुस्त राख्न पनि यसले सहयोग गर्छ । एउटा अध्ययनअनुसार यसले मोटोपना कम गर्न पनि सहयोग गर्छ । यो त करेलाको कुरा भयो । त्यस्तै राम्रो हुन्छ, करेलाको जुस पनि । यी हुन्छन् यसका फाइदाः

 

तौल घटाउन मद्दत गर्छ करेला

करेलाको जुसले इन्सुलिनलाई सक्रिय बनाउँछ । यसले शरीररमा बनाउने चिनी तथा बोसो कम गराउँछ । यसले शरीरको बोसो कम गर्न सहयोग गर्छ । 

 

करेलामा हुन्छ कम क्यालोरी



करेलामा क्यालोरी, बोसो तथा कार्बोहाइड्रेट्सको मात्रा कम हुन्छ । एक सय ग्राम करेलामा जम्मा ३४ क्यालोरीमात्र हुन्छ । त्यसैले करेलाको जुसले क्यालोरी मेन्टन गर्न मात्र होइन, बोसोमाथि नियन्त्रण गर्न पनि सहयोग गर्छ । 

 



फाइबरयुक्त हुन्छ करेला

करेलामा फाइबरको मात्रा अत्यन्त बढी हुन्छ । करेलामा पानीको मात्र पनि धेरै नै हुन्छ । करेलाको तौलमध्ये ८९ प्रतिशत तौल पानी हो भनिन्छ । त्यसैले पनि गर्मी याममा करेलालाई अझ विशेष मानिन्छ । 

 

बोसोयुक्त कोष बन्नबाट रोक्छ

एक अध्ययनका अनुसार करेलाले शरिरमा बोसोको मात्र कम गर्न सहयोग गर्छ । यसले शरीरमा नयाँ बोसोयुक्त कोष नियन्त्रणमा पनि सहयोग गर्छ । यसले हाम्रो तौल घटाउन सहयोग गर्छ ।

  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १७:२८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया