अब विदेशीलाई काम गर्न नेपाल ल्याऔँ: पद्‌मा अर्याल

स्याङजा— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नेपाल विदेशी युवाहरूको आकर्षणको थलो बनाउनुपर्ने बताएकी छिन् । आँधीखोला गाउँपालिकाकाे अन्धाअन्धी मोटरेवल पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले यस्ताे अभिव्यक्ति दिएकी हुन् । 

नेपाल थुप्रै सम्भावनाहरू भएको मुलुक भएको भन्दै मन्त्री अर्यालले अब ती योजनाहरूलाई उत्पादनमा जोड्दै आयआर्जन गर्ने कार्यमा लाग्नुपर्ने बताएकी हुन् । भएका सम्भावनाहरूलाई योजनावद्ध रूपमा सदुपयोग गरेर विदेश निर्यात भइरहेका नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी पाउने कार्यको थालनी गर्नुपर्नेमा उनकाे जाेड थियाे । 

‘हामीसँग थुप्रै सम्भावनाहरू छन्, कृषिको सम्भावना छ, पर्यटनको सम्भावना छ, जलस्रोतको सम्भावना छ। तिनै सम्भावनामाथि टेकेर अब नेपाली युवाहरूको आकर्षण विदेश होइन। विदेशी युवाहरूको आकर्षण नेपाल बनाउनुपर्छ। नेपाल सरकारको सोच हो यो, यही स्प्रिटका साथ हामी अगाडी बढेका छ’, मन्त्री अर्यालले भनिन् ।

नेपाललाई स्वीजरल्याण्ड बनाउछौ भनेर भाषण गरेर मात्र नहुने भन्दै उनले योजनावद्ध रूपमा विकासका काम अगाडि बढाउनु पर्ने बताइन् । 

कृषिप्रधान देशका जनता अब पनि भोकभोकै मर्ने अवस्था रहिरहन दिन नहुने भन्दै मन्त्री अर्यालले त्यसका निम्ती योजनावद्ध विकासका कार्यक्रमहरू ल्याउनुपर्ने उनकाे जाेड थियाे ।

यसैबीच आँधीखोला गाउँपालिका वडा नम्बर ५ र २ जोड्ने भैरबकुण्ड मोटरेवल पुलको शिलान्यास गर्दै मन्त्री अर्यालले सरकारले हरेक घरमा एकजना भएपनि मान्छे रोजगार होस् भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेको बताइन् । उहाँले कसलाई कसरी कहाँ जागिर खुवाउन सकिन्छ भनेर सरकारले खोजी गरिरहेको पनि जाेडिन् । 



उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत २६ जिल्लामा गरिब पहिचान भइसकेको र ५१ जिल्लामा गरिब पहिचान कार्यक्रम सञ्चालन गर्न ४ हजार मान्छे आवश्यक भएको बताइन्। उनले जाेडिन्, 'आगामी असारभित्रमा बाँकी ५१ जिल्लामा पनि गरिब पहिचान कार्य गर्नेगरी हामीले तयारी गरिरहेका छौ ।’



  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार १९:४५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया