प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । बैठकमा राष्ट्रिय सभा निर्वाचनलगायत पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नेता रमेश लेखक र नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेता सहभागी छन् ।
गठबन्धनमा आबद्ध दलहरू एकजुट भएर जान तयार भए पनि सिटको भागबन्डा अझै टुंगिएको छैन ।
शनिबारै मात्रै टुंगिएको कांग्रेसको केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभामा गठबन्धन गरेर जाने निर्णय गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।