जस्टिन बिबरले अब गीत नगाउने !

एजेन्सी– विश्व चर्चित गायक जस्टिन बिबरले केही समय गीत नगाउने भएका छन् । यति मात्र होइन, उनी अहिले संगीतबाट नै टाढा छन्, टाढा रहने बताएका छन् । 

सोमबार सामाजिक सन्जाल इन्स्टाग्राममा जस्टिनले यसबारे लेखेका छन् । आफ्नो मानसिक स्वास्थ्यबारे बढी चासो भएकाले बिबरले अहिले तत्काललाई गीतबाट टाढा रहने बताएका हुन् । 

इन्स्टाग्राममा अत्यन्त लामो पोस्ट गर्दै जस्टिनले लेखेका छन्, ‘मैले मेरो टिनएज जीवन घुमेर बिताएँ । र, अहिले मलाई महसुस भएको छ, तपाईंहरुले मलाई पक्कै पनि अन्तिम टुरमा बेखुसी देख्नुभयो होला । म त्यो कुरा डिजर्भ गर्दिनँ, तपाईंहरु त्यहाँ आउनका लागि पैसा दिनुहुन्छ, र मैले आवश्यक जति उत्साह दिन सक्दिनँ ।’

बिबरले पर्पोज नामको एल्बम सन् २०१५ मा रिलिज गरेका थिए । सन् २०१७ मा उनले एउटा म्युजिकल टुर यत्तिकै बीचैमा छोडिदिएका थिए । त्यति बेला पनि उनले इन्स्टाग्राममा एउटा लामो चिठी लेखेर त्यो टुर छोड्नुको कारण उल्लेख गरेका थिए । 

‘मलाई मेरो करिअर दीर्घकालीन होस् भन्ने लागेको छ,’ उनले लेखेका छन्, ‘र मलाई आफ्नो मन र मस्तिष्क पनि दीर्घकालिन होस् भन्ने छ । जसका कारण म त्यो मान्छे बन्न सकूँ जो म हुन चाहन्थेँ, त्यो श्रीमान् र त्यो बाबु बन्न सकूँ जो म हुन चाहन्थेँ ।’

बिबरले केही समयअघि मात्र मोडल हेली बाल्डविनसँग विवाह गरेका थिए । अहिले उनी यो वैवाहिक सम्बन्धलाई बलियो बनाउन प्रयासरत भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यममा समाचारहरु आइरहेका छन् । 



बिबरले लेखेका छन्, ‘संगीत मेरालागि धेरै महत्वपूर्ण छ तर मेरो परिवार र स्वास्थ्यका अगाडि अरु केही पनि प्राथमिकतामा पर्दैन ।’



  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार २०:११:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया