बिहान लामो श्वास लिनुका फाइदाहरु

एजेन्सी– श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पनि पर्दैन । श्वासप्रश्वास मानव शरिरको अनियन्त्रित र स्वचालित प्रक्रिया हो । तर राम्रोसँग समय मिलाएर श्वास लिएमा यसले स्वस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने र छाड्ने गर्दा निम्न फाइदाहरु पुग्छन् । 

मस्तिष्क शान्त बनाउँछ : अत्याधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ । 

तनाबमुक्त बनाउँछ : गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँछ र तनाब, चिन्ता र त्रास घटाउँछ । 

शरिरको बिष फालिदिन्छ : श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ । 

अन्य अंगलाई पनि सहयोग : गहिरो श्वासप्रश्वासको व्यायामले मुटु, पेट,लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह हुन्छ । 





  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार २२:४१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया