पपुवा न्यु गिनी : महिलाका लागि विश्वकै सबैभन्दा खतरनाक देश

अष्ट्रेलियाको उत्तरी क्षेत्रको देश पपुवा न्यु गिनी महिलाको लागि सबैभन्दा धेरै खतरायुक्त देशमध्येमा एक रहेको बताइएको छ । त्यहाँ महिलामाथि हुने हिंसाका घटनाहरुको अध्ययन गरेर यो बताइएको छ कि ७० प्रतिशत महिला बलात्कारको शिकार हुने गरेका छन् । 

अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार पपुवा न्यु गिनीका महिलाहरु त्यहाँ हुने हिंसाबाट अत्यन्त ग्रसित छन् । त्यहाँ बलात्कार तथा महिलामाथि हुने हिंसाको घटनादर अत्यन्त उच्च रहेको छ । एक प्रहरी अधिकारीले बताएअनुसार २०१८ को जनवरी देखि अहिलेसम्म घरेलु हिंसा र बलात्कारका ६ हजार घटनाहरु दर्ता भएका छन् । 

पपुवा न्यु गिनीमा स्थानिय गुण्डाहरुमाथि बलात्कारको सबैभन्दा धेरै आरोप लाग्ने गरेको छ । यस्ता व्यक्तिहरुको ग्यांगले महिलामाथि सामुहिक बलात्कार गर्दै आईरहेका छन् । बलात्कार गर्नेहरु प्रहरी तथा प्रशासनसँग नडराई खुलेर बलात्कारको बारेमा बोल्ने गर्छन् । उनिहरुले महिलालाई बलात्कार गर्न, लुट्न सबैभन्दा सजिलो रहेको प्रतिक्रिया समेत दिएका छन् । 

बीच सडकमा कुनै महिलालाई कसैले कुटपिट गरेपनि कोही बचाउन आउँदैनन । महिलामाथिको हिंसा सामान्य रहेको छ । 
शहरमा महिला हिंसाको उजुरीका कारण पपुवा न्यु गिनीको सरकारलाई सेफ हाउसको स्थापना गर्न परेको छ । अधिकांश महिलाहरु सेफ हाउसमा बस्दै आएका छन् । 

सेफ हाउसमा बस्दै आएकी मौरिसा उमेरका कारण आफ्नो घर फर्किने समय आएको छ । सेफ हाउसको नियम अनुसार धेरै उमेर भएपछि त्यहाँ बस्न पाईदैन । मौरिसाले बताएअनुसार उनका ज्वाँइले जवरजस्ती रेप गर्न खोज्ने तथा बेल्टले कुट्ने गरेको बताईन् । ज्वाँइले छोरीलाई पनि धेरै कुटपिट गर्दै आएका छन् । प्रहरीलाई यस विषयमा जानकारी गराउँदा पनि कुनै सहयोग नमिलेको मौरिसाको गुनासो छ । 

पपुवा न्यू गिनीले ५ वर्ष अगाडि फ्यामिली प्रोटेक्शन ऐक्ट बनाएको थियो । उक्त एक्टले घरेलु हिंसा गर्नेलाई दुई सालको जेल र दुई हजार अमेरिकी डलर सजायको व्यवस्था गरेको छ । यसले महिलाहरुको आत्मबल बढाएको छ । पपुवा न्यू गिनीको समाज पितृसत्तामा आधारित छ । सम्पूर्ण अधिकार पुरुषको हातमा छ ।



पोर्ट मोरस्बी शहरमा रहेको बोमाना जेलमा रहेका २७ जना कैदी मध्ये १२ जनालाई बलात्कारको आरोपमा नियन्त्रणमा लिइएको हो । पपुवा न्यू गिनीमा बलात्कार गर्ने लाई ५ वर्षको जेल सजायको व्यवस्था रहेको छ । नाबालिगलाई बलात्कार गरेमा ७ वर्षको जेल सजाय रहेको छ । 
 



  • प्रकाशित मिति : चैत १२, २०७५ मंगलबार २२:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया