अमेरिका बसाइपछि परिवारसहित स्वदेश फर्कँदै प्रचण्ड

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १० दिन अमेरिका बसाईपछि नेपाल फर्किँदै छन् । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका अध्यक्ष प्रचण्ड आज फर्किन लागेका हुन् ।

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बुधबार फेसबुकमा स्टाटस लेख्दै उनले सीता दाहालको वासिंटनस्थित मेडिस्टार अस्पताल र बरमिंघमस्थित युएबी अस्पतालमा उपचार जानकारी दिइन् ।  उपचारमा संलग्न चिकित्सकहरूले सीताको स्वास्थ्यमा क्रमिक सुधार आउने बताएको उनले जानकारी दिइन् । 

उनले भनिन्, ‘आमाको उपचारमा सहयोग गर्नुहुने राजदूत डा.अर्जुन कार्कीलगायत सबैमा हार्दिक आभार र आमाको स्वास्थ्य जाँच वासिंटनस्थित मेडिस्टार हस्पिटल र बरमिंघमस्थित युएबी हस्पिटलमा भएको छ, डक्टरहरूको अनुसार आमाको स्वास्थ्यमा सुधार आउने विश्वास दिलाएका छन् ।’

पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् । सीतालाई उपचारका लागि यसअघि भारत र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार गर्दा पनि निको नभएपछि उनलाई अमेरिका लगिएको हो । 

सीताको उपचारका लागि अमेरिका पुगेका नेकपा अध्यक्ष प्रचण्डले विभिन्न राजनीतिक भेट पनि गरेका गरेका थिए । उनले नेपालका लागि पूर्वअमेरिकी राजदुत स्कट डेलेसी, अमेरिकी विदेश मन्त्रालयकी दक्षिण तथा मध्य एसिया मामला हेर्ने कार्यबाहक सचिव एलिस वेल्चलगायतसँग भेटवार्ता गरेका थिए ।

हेर्नुहोस् स्टाटस 



१० दिनको अमेरिका बसाईपछि आज नेपाल फर्किंदै। आमाको उपचारमा सहयोग गर्नुहुने राजदुत डा.अर्जुन कार्की लगायत सबैमा हार्दिक आभार र आमाको स्वास्थ्य जाँच वासिंटन डीसीको जर्जटाउन युनिभरसीटी हस्पीटल र अलाबामाको बरमीन्गम युनीभरसीटी हस्पिटलमा भएको छ । डक्टरहरुको अनुसार आमाको स्वास्थ्यमा सुधार आउने विश्वास  दिलाएका छन् ।  



  • प्रकाशित मिति : चैत १३, २०७५ बुधबार १३:२२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया