पत्रकार दीपा दाहालको पुस्तक ‘कोभिडः नसोचेको–नभेटेको संकट’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको छ । पुस्तकमा कोभिड–१९ महामारीका बेला नागरिकले भोग्नुपरेको पीडा तथा सरकारको तयारीको विषय समेटिएको छ ।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइत, मानवअधिकारकर्मी मोहना अनसरी, गायक गणेश रसिकलगायतले पुस्तक संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।
कोभिड–१९ को अवधिमा आफूले समाचार संकलन गर्दा भोगेका विषयवस्तु र विभिन्न व्यक्तिहरुसँग गरिएको कुराकानीका आधारमा पुस्तक तयार पारिएको लेखक दाहालको भनाइ छ । पुस्तकमा कोरोना महामारीका कारण नेपालमा स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, पर्यटन, कृषिलगायत क्षेत्रमा परेको प्रभाव समेटिएको लेखका दाहालले बताइन् ।
पुस्तकका विशेषज्ञ सल्लाहकार डा. अनुप सुवेदी हुन्। नयाँ आउने स्वास्थ्य संकटबारे सरकारको तयारीका विषयमा अझै प्रश्न गर्ने स्थान रहेको उनले बताए।
पुस्तकको विज्ञ समीक्षकका रूपमा डा. अर्जुन कार्की थिए । पुस्तकले महामारीका बेला राज्यसंयन्त्रमा रहेको भद्रगोल प्रस्तुत गरेको बताए ।
पुस्तक बारबरा फाउन्डेसनको सहकार्यमा फाइन प्रिन्टले प्रकाशन गरेको हो । फाउन्डेसनले सामाजिक क्षेत्रका लागि छुट्ट्याएको कोषमार्फत ‘स्वास्थ्य शिक्षा’ पुस्तकलाई स्थान दिएको संस्थाका अध्यक्ष डा. सन्दुक रुइतले बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।