मोदीको घोषणाः भारत अन्तरिक्ष महाशक्ति

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अन्तरिक्ष महाशक्ति बनेको घोषणा गरेका छन् । देशवासीका नाममा सम्बोधन गर्दै उनले अमेरिका, रुस र चीनपछि आफ्नो देश यो स्थानमा आएको दाबी गरे ।

केही समयअगाघि मात्रै भारतले अभूतपूर्व उपलब्धि हासिल गरेको उल्लेख गर्दै मोदीले भने, ‘भारतले आफ्नो नाम अन्तरिक्ष महाशक्तिको रुपमा दर्ता गर्‍यो । संसारका तीन देश अमेरिका, रुस र चीनले मात्रै यो उपलब्धि हासिल गरेका छन् र अब भारत यसमा थपिएको छ ।’

मोदीका अनुसार भारतले अन्तरिक्षमा ३०० किलोमिटर टाढा लो–अर्बिट स्याटेलाइट खसाएको थियो । योे पूर्वनिर्धारित लक्ष्यअनुसार भएको र तीन मिनेटभित्रै सफल भएको उनले बताएका छन् । 

‘अन्तरिक्ष अहिले हाम्रो जीवनशैलीको अहं हिस्सा बनेको छ,’ आफ्नो देशका वैज्ञानिकहरूलाई बधाई दिँदै उनले भने, ‘आज हामीसँग थुप्रै उपग्रह छन् र यसले देशको विकासमा योगदान दिइरहेका छन् ।’ 





  • प्रकाशित मिति : चैत १३, २०७५ बुधबार १३:५६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया