logo-img

सुडानका सेना प्रमुखद्वारा अर्धसैनिक बलहरूसँगको मेलमिलाप अस्वीकार

सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष तथा सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर अब्देल फताह अल–बुर्हानले सेनाले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) सँग लडाइँ जारी राख्ने बताएका छन् ।

विद्रोहीहरूसँग कुनै मेलमिलाप वा सम्झौता नहुने उनले स्पष्ट पारेका हुन् । अल–बुर्हानलेले पूर्वसुडानी प्रधानमन्त्री अब्दल्ला हमडोकको नेतृत्वमा रहेको सुडानी राजनीतिक गठबन्धन, सिभिलियन डेमोक्रेटिक फोर्सेसको समन्वयको बीचमा हालै हस्ताक्षर गरिएको घोषणाको आलोचना गरे । 

सुडानमा १५ अप्रिल ०२३ देखि एसएएफ र आरएसएफ बीचमा द्वन्द्व भइरहेको छ । संयुक्त राष्ट्र संघको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार हालसम्म यस लडाइमा १२ हजारभन्दा बढी मानिस मारिएका छन् । 







  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया